पुराना परम्परागत पोलिसीहरुलाई परिमार्जन गरी नयाँ ढङगबाट अगाडी बढनुपर्छ: अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुराना परम्परागत पोलिसीहरुलाई परिमार्जन गरी नयाँ ढङगबाट अगाडी बढनुपर्छ: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा कम्पनीहरुमा भइरहेको पुराना परम्परागत पोलिसीहरुलाई परिमार्जन गरी नयाँ ढङगबाट अगाडी बढनुपर्ने बताएका छन् । सोमबार नेपाल बीमा प्राधिकरणको ५५ ओै वार्षिकोत्सवको अवसरमा डा. महतले आम जनमानसको इच्छा तथा उनीहरुको चाहान र मागलाई मध्यनजर गर्दै बीमा पोलिसी बजारमा ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कम्पनीहरुले बीमाको क्षेत्रमा नयाँ पोलिसी ल्याएर अगाडी बढ्न सकेमा बीमा क्षेत्रले एउटा उचाई लिने छ । तर, बीमा कम्पनीहरुले पनि त्यही अनुसारको बीमा नीति र आधुनिक पोलिसी ल्याएर बीमा बजारमा सक्रिए भए भने बीमा क्षेत्रले सफलता हासिल गर्छ ।’

त्यस्तै, बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताए । “यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन । बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए्नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ”, उनले भने । सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको पनि उनले बताए ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलवार ११:३०