ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

सोमवार नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार बैंकले सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै बैंकले मुद्दती निक्षेप अन्तर्गत बैंकले संस्थागतको लागि ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार १२:३२