शिवम् सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शिवम् सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो छ ?



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शिवम् सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनीले यस अवधिसम्म ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५१.१४ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि २४.७५ प्रतिशतको गिरावट देखिएको छ । गत आवको चैत मसान्तमा ७ अर्ब २५ करोड ३३ लाख ९१ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेकोमा चालु आवको सोही अवधिमा ५ अर्ब ४५ करोड ८१ लाख ५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अन्य आम्दानी भने ३ करोड ७५ लाख २३ हजार रुपैयाँबाट ८०६.५९ प्रतिशतले बढेर ३४ करोड १ लाख ८८ हजार रुपैयाँ पुगेको छ । ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १३:४९