हिमालयन बैंकको नगद संकलन काउन्टर महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंकको नगद संकलन काउन्टर महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा बैशाख २१ गते बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।

बैकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए । सो समारोहमा बैक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : २८ बैशाख २०८०, बिहीबार १२:२७