एचआईडीसीएलको नाफामा उल्लेख्य सुधार,अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एचआईडीसीएलको नाफामा उल्लेख्य सुधार,अन्य सूचक कस्तो छ ?



काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो बर्षको तुलनामा ४५.१६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीले विभिन्न जलविद्युत आयोजनाहरुमा २ अर्ब १२ करोड रुपैयाँबराबरको सेयर लगानी गरेको छ। गत वर्ष यस्तो लगानी १ अर्ब २९ करोड रुपैयाँमा सीमित थियो। यस्तो लगानी ६३.८२ प्रतिशतले बढेको छ।

त्यस्तै कम्पनीले ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बोन्डमा पनि लगानी गरेको छ। कम्पनीले ८ अर्ब ६४ करोड रुपैयाँ विभिन्न जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ अर्ब ३९ करोड रुपैयाँ विभिन्न जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २१ अर्ब ७१ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ९.९३ प्रतिशतले घटेर २ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा २ अर्ब ९५ करोड रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत ईपीएस बढेर ६.२१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४.९६ रुपैयाँ थियो। पीई रेसियो ३१.४२ गुणा रहेको प्रतिसेयर नेटवर्थ १०७.०२ रुपैयाँ रहेको छ।

प्रकाशित : २८ बैशाख २०८०, बिहीबार ११:२४