साना किसान लघुवित्तको खुद नाफा डेढ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साना किसान लघुवित्तको खुद नाफा डेढ करोड माथि



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा साना किसान बिकास लघुवित्तको खुद नाफा १६.९३ प्रतिशतले बढेर ५८ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ५० करोड २५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा चुक्ता पुँजी २६ प्रतिशतले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०६ पैसाले घटेर ३९ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८१ पैसा थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । यसले खुद नाफा बढाउन टेवा पुगेको हो ।खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले बढेर १ अर्ब २२ करोड ३१ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

साथै, सञ्चालन नाफा पनि १६.८६ प्रतिशतले बढेर ८३ करोड ९७ लाख ४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ७७ पैसा छ ।

प्रकाशित : २८ बैशाख २०८०, बिहीबार ११:१६