खराब कर्जा बढ्दा मिर्मिरे लघुवित्तको नाफा प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खराब कर्जा बढ्दा मिर्मिरे लघुवित्तको नाफा प्रभावित



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा नाफा ६३.८३ प्रतिशतले थोरै हो ।

गत वर्ष यसले १९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी २४.०२ प्रतिशतले घटेर ३४ करोड ४३ लाख र सञ्चालन नाफा ६३.८३ प्रतिशतले घटेर ९ करोड ९४ लाख रुपैंयामा सिमित भएको छ । त्यसैगरी, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष १९ रुपैयाँ १५ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा घटेर १४ रुपैयाँ ४० पैसामा झरेको छ ।

चुक्ता पुँजी ६५ करोड ३३ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३३ करोड ८९ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने १.९४ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत भएको छ ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार ०९:५९