एससीटी र मुक्तिनाथ विकास बैंकबीच एससीटी-यूपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

एससीटी र मुक्तिनाथ विकास बैंकबीच एससीटी-यूपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा स्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुन्।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र राष्ट्रियस्तरमा ग्राहकमैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकबीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।

हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीले एससीटी–यूपीआई डेबिट कार्ड आफ्नो ग्राहकलाई प्रदान गरिरहेका छन्। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी–यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्।

यसका साथै युनियन पे इन्टरनेसनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पीओएस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्नेछन्।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार १३:४७ 8 May, 2023 1:47 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।