विदेश भ्रमणका क्रममा लगिने उपहार नेपाली उत्पादन नै हुनुपर्छ: उद्योग मन्त्री रिजाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

विदेश भ्रमणका क्रममा लगिने उपहार नेपाली उत्पादन नै हुनुपर्छ: उद्योग मन्त्री रिजाल



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विहीबार उद्यमी घरको शुभारम्भ एवं बृहत मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

स्वदेशी उत्पादनको बजारीकारणका लागि उद्योग मन्त्रालय सदैव लागिपर्ने विश्वास लिदाउँदै मन्त्री रिजालले बजेटमा स्वदेशी उत्पादनको प्रवर्द्धनलाई विशेष व्यवस्था गरिने बताए ।

मन्त्री रिजालले विदेश भ्रमणका क्रममा नेपालको तर्फबाट लगिने उपहारमा नेपाली उत्पादनलाई नै प्रयोगमा ल्याउन मन्त्रिपरिषदमा समेत पहल गर्ने स्पष्ट पारे ।

नेपाली उत्पादनमार्फत नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमा समेत परिचित गराउन मन्त्री रिजालले उद्यमीहरुलाई आग्रह गरे । मन्त्री रिजालले उद्यमी घरले घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमीहरुले गरेका उत्पादनहरुको बृहत प्रदर्शनी गरेर उद्यमीहरु तथा उपभोगकर्ताका लागि प्रसंशनीय काम गरेको समेत बताए ।

प्रकाशित : २१ बैशाख २०८०, बिहीबार १९:२२