मुद्दति निक्षेपमा २ अर्ब १४ लाख लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुद्दति निक्षेपमा २ अर्ब १४ लाख लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र विभिन्न कोषमा रहेको २ अर्ब १४ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा एक बर्षे अवधिका लागि लगानी गर्ने भएको हो।

जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३० करोड २ लाख रुपैयाँ र फाइनान्समा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले वैशाख १७ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ ।

यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।

प्रकाशित : १४ बैशाख २०८०, बिहीबार १२:४८