सिन्धु विकास बैंकद्धारा २०७९ सालको भित्ते तथा टेवल पात्रोहरु विमोचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिन्धु विकास बैंकद्धारा २०७९ सालको भित्ते तथा टेवल पात्रोहरु विमोचन



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले २०८० सालको लागी भित्ते तथा टेवल पात्रोहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले एक कार्यक्रम बिच विमोचन गर्नु भएको थियो । उक्त बिमोचन कार्यक्रममा बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिती रहेको थियो ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहीबार १५:२१