एनआइसी एसिया बैंकको खुद नाफा ११.३८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइसी एसिया बैंकको खुद नाफा ११.३८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चैत मसान्तसम्म वितरणयोग्य नाफामा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । एनआइसी एसियाको खुद ब्याज आम्दानी ११.६१ प्रतिशतले र सञ्चालन नाफा १३.१० प्रतिशतले सुधार भएपछि खुद नाफा बढेको हो ।

यस बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा विस्तार भएको छ । गत वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न नियामकले रोकेपछि यसको पुँजी स्थिर छ । जसका कारण रिजर्भ कोष ४४.०६५ प्रतिशतले बढेको छ । पुँजी वृद्धिको दबाब नहुँदा प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८२ पैसाले बढेर ४६ रुपैयाँ ७६ पैसा कायम भएको छ । चैत मसान्तसम्म यस बैंकको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहीबार ११:०१