विकास बैंक र फाइनान्स कम्पनीले पनि घटाएर ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास बैंक र फाइनान्स कम्पनीले पनि घटाएर ब्याजदर



काठमाडौं । बाणिज्य बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर घटाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांश विकास बैंकहरुले वैशाख महिनामा १०.६० प्रतिशत ब्याजदर दिने भएका हुन् ।

चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए । यो एक वर्ष वा सोभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर हो । यता, धेरै फाइनान्स कम्पनीहरुले पनि वैशाख महिनादेखि अधिकतममा ११.२५ प्रतिशतका दरले ब्याजदर दिने भएका छन् । यो दुई वर्ष वा सोभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर हो । घटेको ब्याजदर बैशाख १ गतेदेखि लागू हुनेछ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहीबार ११:४४