काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट थप दुई लघुबीमा कम्पनीले लाइसेन्स पाएका छन् । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले थप दुई लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको अर्थबजारलाई जानकारी दिए । यसअघि आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले गार्डियन माइक्रो लाइफ इन्सुरेन्स र नेपाल माइक्रो इन्सुरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो ।
लघु बिमा कम्पनी सञ्चालनको सैद्धान्तिक सहमति पाएका ७ कम्पनी मध्ये ४ कम्पनीले मात्रै लाइसेन्स पाएका छन् । स्टार माइक्रो इन्सुरेन्स, ट्रष्ट माइक्रो इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स कम्पनीले भने पुँजी जुटाउन नसक्दा प्राधिकरणमा आवेदन दिएका छैनन् । प्राधिकरणले पुँजी पुर्याउन नसकेका लघु बिमा कम्पनीहरुलाई ४५ दिन समय थप गरेको छ ।
Comment