ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग



काठमाडौं । सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् । साेमबार नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्राेकर कमिसन घटाउन माग गरेका हुन् । अध्यक्ष रमेश हमाललाई १० बुँदे माग बुझाएका छन्। नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा बोर्ड अध्यक्ष हमाललाई १० बुँदे मागपत्र बुझाएका हुन्।

यस्तै डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।

यस्ता छन् मागहरु:

१. केहि समय अगाडी नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूको प्रमुख मागको रुपमा रहेको नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सम्मानित सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यू र लगानीकर्ताहरूको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएको हुनाले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाईसेन्सको काम यथासिघ्र प्रकृयामा लगि पूरा गरियोस ।

२. लगानीकर्ताहरूको बढ्दो शेयर खरिद विक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढिमा ०.१५% प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गरियोस ।

३. डि. पी. चार्ज रकम रु. २५- कायम भईरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढिमा रु. ५- कायम गरियोस ।

४. दीर्घकालिन लगानीकर्ता र अल्पकालिन लगानीकर्ताको वर्गिकरण गरी दीर्घकालको लागि ३५ र अल्पकालको लागि ५५ पूँजीगत लाभकर कायम गरियोस् ।

५. दोश्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटो भन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्नु पर्ने ।

६. Option trading, Future market, Intraday market र Short sale को कारोबार गर्ने व्यवस्था तत्काल लागु गरियोस् ।

७. KYC डिजिटल सुरु गरी भौतिक KYC को अन्त्य गरियोस् ।

८. ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको Margin Landing व्यवस्था अविलम्ब सुचारु गरियोस् ।

९. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको सिमा १२ करोड लागु गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गरियोस् ।

१०. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको भारित औषत दर १००% नै कायम गर्न विशेष पहल गरियोस् ।

प्रकाशित : 10 April, 2023 2:05 pm