निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैन : अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैन : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताए।

उहाँले आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपग्ने बताउनुभयो । उहाँले वाह्य र स्थानीय लगानीलाई प्रवद्र्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गर्नुभयो । उनले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सकिने बताए ।

उनले सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने बताए । उनले सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्न प्रतिवद्ध रहेको बताए । उनले पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले सरकार पुँजीगत खर्चलाई प्रभावकारी बनाउन आवश्यक उपाय अपनाउन आफू तयार रहेको बताए।

अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार तत्काल हुन्छ भन्ने भावना विकसित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गरी अर्थतन्त्रमा सुधार ल्याउन कुनै काम बाँकी नराख्ने प्रतिवद्धता जनाए । अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या देखिएपनि महत्वपूर्ण आर्थिक सूचकांकहरु सकारात्मक रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए।

उनले उद्योग व्यवसायमा लगानीको वातावरण बन्न नसक्नु चिन्ताको विषय भएको भन्दै लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने बताए । उनले बैंकको ब्याजदर लगायत अन्य विभिन्न व्यवसायीहरुका समस्या रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने विषयमा सरकार गम्भिर रहेको बताए । उनले राजश्वको स्थिति चिन्ताजक रहेको भन्दै सरकारको लक्ष्य पूरा नहुने अवस्था रहेको बताए । उनले राजश्व संकलन चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २८ प्रतिशतले कम भएको उल्लेख गरे ।

अर्थमन्त्री महतले ऋण लिएर तिर्नु पर्दैन भन्नेकुरा राज्यले सहन नसक्ने बताए । उनले आगामी बजेटमा निजी क्षेत्रको सल्लाह सुझाव अनुसार काम गर्ने बताए ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार १३:५९