काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।
‘टीएएमओआर’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको सेयर कारोबार सोमबार (चैत २७ गते) देखि खुला हुनेछ ।
Comment