सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी बर्षको बजेट निर्माण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी बर्षको बजेट निर्माण गर्ने



काठमाडौं । सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो जानकारी दिएका हुन् ।

उनले सरकारले आगामी बजेट बनाउँदा साधारण खर्चमा मितव्ययिता अपनाउँद पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए ।उनल सरकारले साधारण खर्च घटाउने सम्भावना कम भएपनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे ।

अर्थमन्त्री डा.महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आएपनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए । उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए ।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनु पर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरु आएपनि धेरै कम गर्न कोशिस गर्छौँ । साधारण खर्च कम गर्ने स्कोप अत्यन्तकम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भव कम छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौँ । अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ ।’

उनले भने,‘पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने,आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्तय गर्ने गरी सरकारले तयारी थालेको छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने,समिति स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको बताए ।

उनले भने,‘पुँजीगत खर्च समयमा खर्च नहुनु,पूर्वाधार निर्माणका कार्य समयमा नहुनु,आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्नको लागि पनि काम गर्न जरुरी छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च होस् ।’

त्यस्तै अर्थमन्त्री डा.महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए । उनले आयात प्रतिबन्ध, कोरोना महामारी,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्य अनुसार संकलन राम्रो नभएको बताए ।

उनले भने, ‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन । प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रकाअन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राख्दै आएका छौं । नजिकनजिकको लक्ष्यप्राप्तपनिगर्दै आएका छौं । चालु आर्थिक वर्षमात्यो लक्ष्यप्राप्तनहुँदा के भयो भन्ने भएको छ । हेरक वर्ष बढी लक्ष्य राखे पनिकरिब लक्ष्यप्राप्तगर्ने अवस्था सधै सहजहुँदैन । यो वर्ष आयातप्रतिबन्ध,कोरोना महामारीको अवस्था,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ ।’

अर्थमन्त्री डा.महतले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालू आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए।

अर्थमन्त्री डा. महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे । उनले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्रको स्वरुप रहेको छ । विदेशबाट आयात गरिएका बस्तुको धेरै हिंसा छ । त्यसबाट मूल्य निर्धारण हुन्छ । त्यसैले मूल्य वृद्धि नियन्त्रणलाई नै मुख्यविषय वस्तु बनाउँदामौद्रिकनीतिकाउपकरणप्रयोग गरे पनिनहुन सक्छ । किनकि आयात बढी हुने भएकाले बाह्य मूल्यको प्रभाव हुँदैन । अहिलेको अवस्थालाई सरकारले केही मौद्रिक नीतिको उपकरण प्रयोग गरेर सहज बनाउन जरुरी छ । त्यसको लागि मन्त्रालयले राष्ट्र बैंकसँग पनि छलफल गरिरहेका छौँ ।’

उनले बैंकको कर्जाको ब्याजदर कमगर्न सक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नु आवश्यक रहेको बताए । अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मिडियाको महत्वपूर्ण भूमिकाहुने भएकाले पत्रकारहरुले त्यही अनुसार समाचार प्रवाह गर्न आवश्यक रहेको बताए ।

त्यस्तै अर्थ सचिव तोयम रायले श्रम रोजगारको क्षेत्रमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा केन्द्रित रहेको बताए । उनले सरकार अब लामो समयसम्म सामाजिक सुरक्षाभत्ता दिन सक्ने अवस्था नभएको बताए । उनले सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत पाउने व्यवस्थामा जान आवश्यक रहेको बताए । उनले सरकारले नाकामा हुने राजस्व चुहावट रोक्नको लागि सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए। नेपालमा खुल्ला सिमाना धेरै रहेकाले राजस्व चुहावट भइरहेको स्वीकार गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकारको प्रयास रहेको बताए ।

आजको भेटमा नाफिजको तर्फबाट अध्यक्ष मोदनाथ ढकालले अर्थमन्त्री महतलाई सुझाव समेत दिएका छन्। पत्रकारको क्षमतावृद्धिमा अर्थ मन्त्रालयले ध्यानदिनुपर्ने अध्यक्ष ढकालको भनाइ छ। त्यस्तै मिडियाहरु महा मारिका कारण मारमा परेको र त्यसमा हेर्न समेत उनले सुझावको क्रममा बताए। अहिलेको अर्थतन्त्र सम्हाल्न र आगामी बजेट मार्फत सुधारको योजनाहरु ल्याउन सुझाव प्रदान गरिएको छ।

प्रकाशित : २६ चैत्र २०७९, आईतवार ११:५९