फागुनमा मात्रै १ अर्ब ८ करोडकाे पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

फागुनमा मात्रै १ अर्ब ८ करोडकाे पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी ?



काठमाडौं । फागुन महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेका हुन्।

गत माघ महिनामा ९ हजार ८३९ जनाले एक अर्ब ३२ करोड बराबरको सरेण्डर गरेका थिए । एक महिनामा सबैभन्दा बढी नेपाल लाइफको बीमितले २ हजार ५७६ वटा पोलिसी त्याग गरेका छन् । कम्पनीमा ३४ करोड २० लाख रुपैयाँ बराबरका उक्त संख्या बराबरका पोलिसी त्याग भएका हुन् ।

त्यस्तै,राष्ट्रिय बीमा कम्पनीमा १४ करोड ४१ लाख रुपैयाँ बराबरको २ हजार १५३ पोलिसी त्याग भएका छन् ।

यस्तै, एलआइसी नेपालमा १५ करोड ७३ लाख रुपैयाँ बराबरका १ हजार ४१ वटा, एशियन लाइफमा ७ करोड २५ लाख रुपैयाँ बराबरका ६३६, नेशनल लाइफमा ७ करोड ६७ लाख रुपैयाँ बराबरका ३९२ वटा, सूर्यज्योति लाइफमा १३ करोड ३३ लाख रुपैयाँ बराबरका ५५७ वटा, गुराँस लाइफमा २ करोड २३ लाख रुपैयाँ बराबरका २६० वटा र मेट लाइफमा ३ करोड ९८ लाख रुपैयाँका ३४२ वटा पोलिसी त्याग भएका छन।

साथै,कम्पनीहरुबाट रिलायबल लाइफबाट ११४ वटा, रिलायन्स लाइफबाट ११२, आइएमई लाइफबाट ८१ वटा, यूनियन लाइफबाट ६९ वटा, सानीमा लाइफबाट ४८, प्रभुबाट ४७, र महालक्ष्मी लाइफबाट ३६ वटा पोलिसी सरेण्डर भएकाे तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित : २३ चैत्र २०७९, बिहीबार २१:५२