बैंकहरुमा करिब ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकहरुमा करिब ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा पौने ४ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ८४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

केन्द्रीय बैंकले उक्त रकममध्ये ३ अर्ब ७ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र १९ करोड २० लाख रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

उक्त रकम आउँदो २०८० वैशाख ५ गतेदेखि २०८१ वैशाख १० गतेसम्म ३७१ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले चैत २६ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित : २३ चैत्र २०७९, बिहीबार १६:१९