काठमाडौं । नेप्सेमा ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को बोनस सेयर सूचीकृत भएको हो।
युनाइटेड इन्स्योरेन्स आर्थिक वर्ष २०७८/७९का लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।





Comment