काठमाडौ । सेयर बजार सामान्य अंकले उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार ८.३९ अंकले बढेर परिसूचक १८७५.०७ बिन्दुमा रोकिएको हो ।
२६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँमा सेयर कारोबार भएको छ । बजारमा सामान्य सुधार आउँदा बैंकिङ समूहको ७.८२, विकास बैंक ३.८९, वित्त ६.३९, होटल ३२.२४, जलविद्युत १०.२४, जीवन बीमा २९.३४, माइक्रोफाइनान्स समूहको उपसूचक २९.०५ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा ४४.३५, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४.२८ अंकले घटेको छ ।
आज कारोबारमा कालिन्चोक दर्शन लिमिटेडका सेयरधनीले कमाएका छन् । साथै, सिटिजन्स म्युचुअल फण्ड १ का सेयरधनीले सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा बढी भएको छ । कम्पनीको ६ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
Comment