सुनको भाउमा नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउमा नयाँ रेकर्ड



काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो एक लाख १० हजार रुपैयाँको रेकर्डलाई तोड्दै बुधबार सुनले ऐतिहासिक रेकर्ड कायम गरेको हो । चैत २२ गते, सुन तोलामा नै २,००० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँको उच्च विन्दुमा पुगेको छ । तेजाबी सुन पनि आज प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली सुनको इतिहासमा नै उच्च कारोबार मूल्य हो ।

बुधबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ४० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँमा पुगेको थियो ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार ११:४३