अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, बैंकको ब्याजदर र सेयर बजारका समस्याबारे छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, बैंकको ब्याजदर र सेयर बजारका समस्याबारे छलफल



काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महत देशको अर्थतन्त्र लगायतको विषयमा समाधानका लागि जुटेका छन् । अर्थमन्त्रीले छलफलकाे लागी राष्ट्र बैंकका उच्च अधिकरीलाई बाेलाएका हुन् ।

अर्थमन्त्री डा. मतले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको उच्च अधिकारीसंगको छलफलमा जुटेका हुन् ।

देशको वर्तमान आर्थिक अवस्था, बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धि लगायतका विषयमा छलफल भईरहेको बताइएको छ ।

अर्थमन्त्री महतले अहिले देखिएको तरलता संकट, ब्याजदरका विषय र सडकमा वित्तीय क्षेत्रविरुद्ध भएका सडक आन्दोलन तथा उद्योगी देखाएको चासोका विषयमा समेत छलफल चलेको बुझिएको छ ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलवार १२:२०