फोन पड्कने खतराबाट बच्न यी तरिका अपनाउनुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

फोन पड्कने खतराबाट बच्न यी तरिका अपनाउनुहोस्

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

पछिल्लो समय सामसुङको स्मार्टफोनको ब्याट्रि पड्केको खबरहरु आएका थिए । सामसुङ नोट–२ मा यस्तो समस्या देखिएको थियो । यस्ता घटनाका कारण यसको विक्रीमा पनि रोक लगाइएको थियो । यस्तो घटना कम्पनीको गुणस्तरमा मात्रै भर पर्दैन, प्रयोगकर्ताको तर्फबाट पनि केही गल्ति हुनसक्छ । तपाई पनि यस्तो गल्ति नगर्नुहोस् भन्नका लागि केही टिप्स फलो गर्नुहोस् ।

– मोबाइल चार्ज गरिरहेका बेला कहिल्यै कुरा नगर्नुहोस् । यसो गर्नाले ब्याट्रि चाँडै तातिने हुन्छ ।

– ब्याट्रिलाई कहिले पनि एकदम डाउन हुने गरी चलाउन हुँदैन, त्यसलाई ३० प्रतिशत हुँदै चार्जमा राखिहाल्नुहोस् ।

– चार्जमा राखिएको मोबाइल कहिल्यै कुनै पनि प्रयोगजनका लागि प्रयोग नगर्नुहोस् ।

– जब फोन फुल चार्ज हुन्छ, तब चार्जरबाट निकाली हाल्नुपर्छ, त्यसो नगरे मोबाइल त्यहीबाट तातिन थाल्छ ।

– कम्पनीकै चार्जर प्रयोग गर्नुहोस्, धेरै जसो चार्जर नक्कली हुने गर्छन्, जसले मोबाइलको ब्यट्रि तातिन्छ ।

– यूएसबी केबलबाट चार्ज गर्नु राम्रो मानिन्छ । किनकि त्यसबाट विस्तारै–विस्तारै चार्ज हुन्छ र फोन पड्कने खतरा पनि हुन्न ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार १२:२५ 31 January, 2017 12:25 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।