राष्ट्र बैंकले लघुवित्तमा देखिएका समस्या समाधान गर्न माग्यो सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले लघुवित्तमा देखिएका समस्या समाधान गर्न माग्यो सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएका वर्तमान समस्या रसमाधान गर्न चाल्नुपर्ने कदमहरुका बारेमा सुझाव पठाउन आग्रह गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज एक सूचना जारी गरी सरोकारवाला निकायहरुसँग सुझाव माग गरेको हो।

राष्ट्र बैंक सञ्चालक समितिको निर्णयबमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न समिति गठन भएको छ। समितिले अध्ययन कार्य पनि प्रारम्भ गरिसकेको छ।

यसै सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्णले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्नुपर्ने कदमका बारेमा ई–मेल [email protected] मा सुझाव पठाउन राष्ट्र बैंकले आग्रह गरेको छ। सुझाव आगामी वैशाख २० गतेभित्र पठाउन आग्रह गरिएको छ।

प्रकाशित : १९ चैत्र २०७९, आईतवार १५:५८