मिटरब्याज पीडितका हरेक पाइलामा मधेस सरकारको साथ छ : मुख्यमन्त्री यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

मिटरब्याज पीडितका हरेक पाइलामा मधेस सरकारको साथ छ : मुख्यमन्त्री यादव

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितलाई मधेस सरकारको साथ र समर्थन रहेको बताएका छन् । बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै उनले, मिटरब्याजी पीडितको हरेक पाइलामा मधेस सकारको साथ रहेको भन्दै नागरिकलाई मिटरब्याजीबाट बचाउन ठोस कार्यक्रमल्याउने प्रतिबद्धता जनाएका हुन् ।

‘विदेश जानवा अध्ययन गर्न वा अन्य भै परि गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटरब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले मिटरब्याजी मधेस प्रदेशको मात्र नभई पूरै देशको समस्या भएको भन्दै समाधानका लागि विज्ञ, चिन्तक, योजनाविद्, सबैलाई आव्हान गरेका छन् ।

‘हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनि तथापि यो प्रदेशको मात्र समस्या होइन् । प्रदेशबाट उठेको देशको समस्या हो । गरिब झन् गरिब हुने, भएको सम्पत्ति समेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्या विरुद्ध संयुक्त रूपमा लड्न म मधेस प्रदेश सरकारको तर्फबाट सारा विद्वतवर्ग, चिन्तक, योजनाविद्, विज्ञहरूलाई आव्हान गर्दछु ।’

उनले शोषण विरुद्ध केन्द्र, राष्ट्र बैङ्क तथा प्रदेश समेतले मिलेर संयुक्त रूपमा कामगर्न, विशेष अधिकार सम्पन्न आयोग खडा गर्न जरुरी भएको भन्दै आम जनतामा सहज र सुलभ रूपमा ऋण प्रवाह हुनुपर्ने कुरामा जोड दिएका छन् ।
उनले विज्ञप्तिमा केन्द्र सरकारले मिटरब्याजीलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत समेत गरेका छन् ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार १७:४६ 30 March, 2023 5:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।