दुर्गा प्रसाईको आरोप : ५५ जना व्यपारी र १० जना नेताहरु मिलेर बैंकलाई कब्जा गरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुर्गा प्रसाईको आरोप : ५५ जना व्यपारी र १० जना नेताहरु मिलेर बैंकलाई कब्जा गरे



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले नेपालको बैंक र लघुवित्तहरु ठुला व्यपारी र नेताहरुले कब्जा गरेकोले नेपाली जनता र साना व्यपारीहरु मारमा परेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चर्को व्याज र मिटरव्याज पीडितहरुको विषयमा धारणा राख्दै प्रसाईले सबै लघुवित्त, सहकारी बैंक र ईन्स्योरेन्स राज्यको हुनुपर्ने र राज्यले नै नियमन गर्नुपर्ने बताउँदै उनले भने‘५५ जना व्यपारी र १० जना नेताहरु मिलेर यो बैंकलाई कब्जा गरेका छन् ।

लघुवित्त, सहकारि,माईक्रो फाईनन्स ,फाईनन्स,डेभलपमेन्ट बैंक,बैंक, ईन्स्योरेन्स ,रि ईन्स्योरेन्स यो ८ वटा कम्पनी ५५ जना व्यपारी र १० जना नेताको हातमा छ । जबकि लघुवित्त, सहकारि, बैंक र ईन्स्योरेन्स भनेको राज्यको हुनुपर्छ । ’ चर्को व्याजदरकाले गर्दा व्यावसायी ताथ आम नागरिकले दुःख पाएको भन्दै उनले बैंक नेपाली जनताको लागि शत्रु जस्तो भएको टिप्पणी गरे ।

‘बैंक,लघुवित्त र सहकारीहरु भनेको व्यपारीहरुको लागि शत्रु जस्तो भएको छ ।बैंकको चर्को व्याजदरले गर्दा सबै अन्यायमा परेका छन् । सोरुममा राखेर बेच्नुपर्ने जुक्ता आज मेलामा राख्नुपर्ने अवस्था आयो, यो जस्तो दुःखको कुरा व्यवसयीहरुलाई के नै हुन सक्छ र ?’

सरकारले जबसम्म ५ प्रतिशत व्याजदरमा पैसा दिन सक्दैन् तब सम्म देशको उद्योगधन्दा, कलकारखानाहरु र व्यवसाय नफस्टाउने प्रसाईंले बताए ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलवार १६:२३