१७ गतेदेखि २४ औँ पुष्प प्रदर्शनी हुदै, ८० वटा स्टल रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१७ गतेदेखि २४ औँ पुष्प प्रदर्शनी हुदै, ८० वटा स्टल रहने



काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २४ औँ फ्लोरा एक्स्पो यही चैत १७ गतेदेखि काठमाडौँमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपालले यही चैत्र १७ देखि २० गतेसम्म ४ दिने २४ औँ फ्लोरा एक्स्पो भृकुटीमण्डप प्रदर्शनीहल काठमाण्डौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

“स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’’भन्ने नारा सहित हुन लागेको मेला पुष्प विकास केन्द्रको सह–आयोजनामा हुन लागेको एसोसिएसनले जनाएको छ ।

पत्रकार सम्मेलनमा पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा थप महत्त्वपूर्ण योगदान पुग्ने उद्देश्यले २४ औ फ्लोरा एक्स्पोको आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

उनले भने ‘पुष्पव्यवसायको विकास, विस्तार तथा प्रवद्रन थप महत्त्वपूर्ण योगदान पुग्ने उद्देश्यले फ्लोरा एक्स्पोको आयोजना गरेका छौं । पुष्प पारखीलाई निमन्त्रणा दिन्छौँ । प्रदर्शनीमा नयाँ प्रजातिको बिरुवाहरू विक्रीवितरण हुन्छ । ’

फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा ल्याण्डस्केपिस्टल १ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा र २ वटा फुड स्टल सहितजम्मा ८० वटा स्टल रहनेछ ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार १६:४०