सामसुङको ग्यालेक्सी एस एटमा यस्ता छन् फिचर्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामसुङको ग्यालेक्सी एस एटमा यस्ता छन् फिचर्स



सामसुङले आफ्नो नयाँ संस्करणको ग्यालेक्सी स्मार्टफोन, ग्यालेक्सी एस एट फेब्रुअरीमा लञ्च गर्ने अनुमान गरिएको छ । ग्यालेक्सी एस एट सार्वजनिक हुने मिति नजिकिँदै जाँदा यसका फिचर्सहरुका बारेमा विभिन्न खुलासा तथा अड्कलबाजीहरु चलिरहेका छन् ।

ग्यालेक्सी प्रयोगकर्ताका लागि यस्ता अनुमान तथा खुलासाहरुले झनै हुटहुटी पैदा गर्छन् र उपभोक्ताहरु नयाँ स्मार्टफोन प्राप्त गर्न व्यग्र प्रतीक्षामा रहन्छन् । विभिन्न श्रोतहरुका अनुसार सामसुङको ग्यालेक्सी एस एटमा निम्न फिचर्स हुनेछन्:

· समाचारअनुसार ग्यालेक्सी एस एट डिस्प्लेका हिसाबले दुई भेरिएन्ट्समा उपलब्ध हुनेछ । एउटा ५.५ इन्च तथा अर्को ६.२ इन्च । यो डुअल कर्व्ड स्कृन डिजाइनका साथ आउनेछ ।

· सामसुंग ग्यालेक्सी एस एटमा आइरिस स्क्यानर पनि हुनेछ । ग्यालेक्सी सेभेनमा पनि यो फिचर थियो । तथापि एस एटमा भने फ्रन्ट क्यामरामै आइरिस स्क्यानर हुनेछ । लाग्छ नोट सेभेनबाट सामसुंगले सिकेको छ । त्यसैले एस एटमा हिट पाइप्स सपोर्ट गर्ने फिचर रहने अनुमान गरिएको छ ।

· डुअल कर्व्ड  डिस्प्ले रहने एस एटले क्यूएचडी रिजोलुसन सपोर्ट गर्नेछ ।

· एस एटमा ४ जिबीको र्‍याम हुने बताइएको छ ।

· यसमा मुख्य क्यामरा १२ मेगापिक्सेलको हुनेछ । यसअघि मुख्य क्यामरा नै दुईवटा हुने समाचार आएका थिए । एजेन्सी

प्रकाशित : १६ माघ २०७३, आईतवार ११:२९