कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?



काठमाडौं । धितोपत्र दोस्रो बजारमा कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारबाट खुलेको छ। स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्ज यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । अब सोही मुल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर यसको कारोबार खुला भएको हो । ‘केडीएल’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।

यता, एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट सेयर कारोबार खुला भएको हो । ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।

नेप्सेमा यी दुवै कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो । कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

प्रकाशित : ९ चैत्र २०७९, बिहीबार ११:२७