अनलाइन मार्फत ४९ करोड भन्दा बढी सट्टेबाजी गराउने पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अनलाइन मार्फत ४९ करोड भन्दा बढी सट्टेबाजी गराउने पक्राउ



काठमाडौं । प्रहरीले अनलाईन मार्फत ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटबाट ४९ करोड १५ लाख ८९ हजार २७६ बराबरको बेटिङ कारोबार गर्ने ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

कारोबार भएको मध्ये १ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङ मार्फत् कारोबार भईसकेको पाइएको उनले बताए । पक्राउ पर्नेहरुमा भक्तपुर लोकन्थली बस्दै आएका दिलिप सिंह कठायत, सोही ठाँउ बस्ने नयन राज भण्डारी, भुपालराज न्यौपाने ,काठमाडौंमा बस्दै आएका बरुणकुमार सिंह,वासुदेव पाण्डे र भलुवाटार निवासी शिवानी तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट विभिन्न सेवा प्रदायक कम्पनीहरूको ३ सय ४६ थान सिमकार्ड नियन्त्रणमा लिई मुलुकी अपराध सहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत अनुसन्धान गरि कारबाहीका लागि जिल्ला प्रहरी परिषर भक्तपुर र टेकु पठाईएको राठौरले जानकारी दिए ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार १७:०७