आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरको स्वीकृति लिन विशेष साधारणसभा डाकेका छन्।

दुबै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुबै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

दुबै संस्था बराबरी हैसियतमा गाभिने छन्। गाभिएपछि नाम आइजीआय प्रुडेन्सियल इन्स्योरेन्स नाम हुने छ।

साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुबै संस्था बीमा प्राधिकरण जाने छन्। प्राधिकरणले स्वीकृति दिएपछि एकिकृत कारोबार हुने छ।

आइएमई जनरल चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ। मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार ११:२३ 21 March, 2023 11:23 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।