काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर माई र माया खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा सुपर माई हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १३०.७६ रुपैयाँदेखि ३९२.२८ रुपैयाँसम्म तोकेको छ । सोही मूल्यभित्र रहेर यसको पहिलो कारोबार हुनेछ । ‘एसएमएच’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।
त्यस्तै, मायाखोला हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम १ करोड कित्ता सेयर सोमबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८८.५३ रुपैयाँदेखि २६५.५९ रुपैयाँ रहेको छ । भोलि मंगलबार यसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘एमकेएचसी’ संकेतमा सेयर कारोबार हुनेछ ।
Comment