काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा दुई कम्पनीका अध्यक्षहरुले आइतबार एक आपसमा मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्राधिकरणका उच्च तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सहमति सहित अन्तिम सम्झौता सम्पन्न भएकाे बताइएकाे छ ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं म्म्ब् च्भउयचत को आधारमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात स्वाव रेशियो १ः१ अनुपात कायम रहेन सम्झौतामा उल्लेख गरिएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिए । त्यस्तै अध्यक्ष सिलवालले दुवै उत्कृष्ट व्यावसायीक घरानाका व्यक्तिहरुको संलग्नता रहेको हुँदा मर्जर पछि यो कम्पनी उत्कृष्ट बीमा कम्पनी बन्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा कार्यक्रमका अध्यक्ष तथा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल तथा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले दुवै कम्पनी मर्जर पश्चात पुँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायको रुपमा पनि उत्कृष्ट बीमा कम्पनी बन्ने विश्वास व्यक्त गरे ।
यसका साथै देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखा मार्फत सेवा प्रदान गर्ने गरी हाम्रा सहकर्मी साथीहरुबाट उत्कृष्ट सेवा प्रदान गरी एक नमूना बीमा कम्पनीका रुपमा स्थापित हुने कम्पनीको ढकालको भनाई छ ।
Comment