उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन्।

उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए। यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलको समर्थन रहेको थियो।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन्। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यल १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदको मत पाएकी छन्।

अर्की उम्मेदवार जनमत पार्टीकी ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका छन्। प्रमिला यादवले १ प्रदेशसभा सदस्यको मत पाएका छन्।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १७:१२ 17 March, 2023 5:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।