काठमाडौं । ट्राफिक प्रहरीले यान्त्रीक अवस्था ठिक नभएका १० वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले मंगलवार काठमाडौंको किर्तिपुरमा विशेष चेकिङ चलाएको थियो । सोही क्रममा १० वटा सावरी साधनलाई कारबाही गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अुनसार तालिम प्राप्त प्राविधिक सहितको टोलिले मंगलवार १ सयभन्दा धेरै सवारी साधनमा यान्त्रिक परिक्षण गरेको थियो । सोही क्रममा ‘हेण्डब्रेक’ नभएका, लाइटदुरुस्त नभएका, टायर धेरै घिस्रिएका १० सवारी साधनका चालकलाई कारबाही गरिएको थियो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले चेकजाँचलाई तिब्र पारिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्ने अभियान गत १५ भदौंदेखि सुरु गरेको हो ।
Comment