१२ करोड ठगी गर्ने तीन जना सहकारीका सञ्चालक पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

१२ करोड ठगी गर्ने तीन जना सहकारीका सञ्चालक पक्राउ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । १२ करोड ठगी गर्ने तीन जना सहकारीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर तुलसी वहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगर–२ ले बचतकर्ताको १२ करोड नौ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सहकारीकी उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका –६ की अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका १४ की सविना न्यौपाने र क्षेत्रीय प्रवन्धक विराटनगर–२ का मन्दिप खवास रहेका छन् । यही फागुन १ गते संस्था बन्द गरी फरार रहेको भनी उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । सहकारीमा १२१ जना बचतकर्ताहरु रहेका छन।


सहकारी झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन बटा सेवा केन्द्रमा गरी २१ हजार ७१३ सदस्य रहेका छन् सहकारीले सबै सेवा केन्द्रमा गरी करीव रु एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने अनुमान प्रहरीको रहेको छ ।

सहकारीको मुख्य कार्यालय विराटनगर रहेको छ । संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहित पाँच जना फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७९, सोमबार १८:२० 13 March, 2023 6:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।