फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन्। नेपाल वित्तीय संस्था संघको आजको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

फाइनान्स कम्पनीहरुले एक बर्ष र सो भन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशत र ‘तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको छ।

पहिला १२.१० प्रतिशत रहेको ब्याज आगामी चैतदेखि घटाएर ११.९ प्रतिशत कायम हुने छ। बचतको ब्याजमा भने कुनै फेरबदल गरिएको छैन। संस्थागततर्फ स्वतः २ प्रतिशत कम हुने गरि ब्याज कायम हुने संघले जनाएको छ।

प्रकाशित : २९ फाल्गुन २०७९, सोमबार १७:१७ 13 March, 2023 5:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।