रेमिट्यान्स २७.१ प्रतिशतले बढ्यो, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रेमिट्यान्स २७.१ प्रतिशतले बढ्यो, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब रुपैयाँ



काठमाडौं । पछिल्लो समय रेमिट्यान्स भित्रिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो।

माघ रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको माघ भने रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो। अघिल्लो महिना पुसमा पनि रेमिट्यान्स २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड भएको थियो। माघ अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ। त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो।

प्रकाशित : २८ फाल्गुन २०७९, आईतवार १६:४५