बैंकहरुले ऋण दिंदा आधारदरमा ५ प्रतिशत भन्दा बढी प्रिमियम तोक्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरुले ऋण दिंदा आधारदरमा ५ प्रतिशत भन्दा बढी प्रिमियम तोक्न नपाउने



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आधार दरमा बढीमा ५ प्रतिशत भन्दा बढी प्रिमियम तोक्न नपाउने व्यवस्था गरेको छ । संघको बिहीबार बसेको बैठकले बैंकहरुले आधार दरमा बढीमा ५ प्रतिशत भन्दा बढी प्रिमियम तोक्न नपाउने व्यवस्था गरेको हो ।

यसअघि बैंकहरुले आधार दरमा ६ प्रतिशत सम्म प्रिमियम लिंदै आएका थिए । साथै, संघले साधारण बचतमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ८ प्रतिशत सम्म ब्याज दिने निर्णय पनि गरेको छ ।

बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण बचतको ब्याजदर ०.४२ प्रतिशत र कर्जाको प्रिमियमदर बढीमा ५ प्रतिशत सम्ममात्र लिन पाइने निर्णय पनि गरेको छ ।

संघको निर्यायअनुसार चैत १ गतेदेखि वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ८ प्रतिशत सम्म ब्याज दिने छन् । यसअघिसम्म संघले साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशत देखि अधिकतम ८.४२ प्रतिशत सम्म ब्याजदर दिने सहमति वाणिज्य बैंकहरुले गरेका थिए । व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने थपघट नगर्ने निर्णय संघले गरेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहीबार ११:५६