सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत



काठमाडौं । सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को फागुन २३ गतेको निर्णयबमोजिम सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत भएको हो।

सिभिल बैंकको १०० अंकित दरका कुल ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता साधारण सेयर हिमालयन बैंकका नाममा सूचीकृत भएको छ। योसँगै सिभिल बैंकको सेयर अब हिमालयन बैंकको नाममा कारोबार खुलेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई १ः०.८०२८ अनुपातमा प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहीबार ११:४६