५० करोड आन्तरिक ऋण उठाउँदै सरकार, वार्षिक ब्याजदर १२.५० प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

५० करोड आन्तरिक ऋण उठाउँदै सरकार, वार्षिक ब्याजदर १२.५० प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ मार्फत ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले ६/६ महिनामा ब्याज भुक्तानी हुने गरी वार्षिक १२.५० प्रतिशत ब्याज तोकेर वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ (५)वर्षेको बिक्री आह्वान गरेको हो ।

यो बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली र गैर आवासीय नेपालीले आवेदन दिन सक्नेछन् । बचतपत्र घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष माग जाने गरी आह्वान गरिएको छ ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन-दिन सकिने छ । यो चैत ३ गतेसम्म बिक्री खुला हुनेछ । यसको निष्कासन १० गते हुनेछ भने साँवा भुक्तानी २०८४ चैत १० गते हुनेछ ।

वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका लागि १५ वटा वाणिज्य बैंक र रेमिट्यान्स कम्पनी तथा त्यसका एजेन्टमा आवेदन बुझाउन सकिने छ ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलवार १३:५०