मर्जर प्रस्ताव पारित गर्न यी दुई लघुवित्तले बोलाए विशेष सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मर्जर प्रस्ताव पारित गर्न यी दुई लघुवित्तले बोलाए विशेष सभा



काठमाडौं । धौलागिरी र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ६ गते एकै दिन विशेष साधारण सभा गर्ने भएका छन्। दुवै कम्पनीले एक आपसमा मर्ज हुने प्रस्ताव राखेर सभा बोलाएका हुन् ।

धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङ्गमा बिहान १० बजे सभा बोलाएको हो भने खप्तड लघुवित्त ले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो।

सभाले यी दुबै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रकाशित : 3 March, 2023 11:20 am