सांग्रिला डेभलपमेन्ट बैंककाे साधारण सभा चैत १८ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंककाे साधारण सभा चैत १८ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले सभा चैत १८ गते बस्ने निर्णय गरेको हो ।

सभाले आर्थिक बर्ष २०७८/७९को संचित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ०.४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गर्ने छ ।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म शेयर दाखिला खारेज बन्द रहेने भएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलवार १७:११