समिट लघुवित्तले १३.५६ प्रतिशत बोनस सेयर दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समिट लघुवित्तले १३.५६ प्रतिशत बोनस सेयर दिने घोषणा



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र समिटको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलवार ११:२०