मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत १६ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत १६ गते, बुक क्लोज कहिले ?



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले सभा आगामी चैत १६ गते रुपन्देहीको सिद्धार्थनगर–६स्थित होटेल पौवामा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने ७० लाख ८७ हजार २७५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, प्रस्तावित लाभांशमा ४.७५ प्रतिशतले हुन आउने ६७ लाख ३२ हजार ९११.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ३६३.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो चैत १ गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार १३:०५