१५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।

साथै, केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ १६ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० फागुन १५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार १२:५९