समृद्धि फाइनान्सद्धारा ह्वील चियर वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समृद्धि फाइनान्सद्धारा ह्वील चियर वितरण



काठमाडाैं । समृद्धि फाइनान्सले फाल्गुण १२ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत ह्वील चियर वितरण गरेको छ। रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा फाइनान्सले ह्वील चेयर वितरण गरेको हो । वितरण कार्यक्रममा फाइनान्सको तर्फबाट सञ्चालक विनोद कुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चुुडामणी खनालको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष बत्स शाक्यको उपस्थिति रहेको थियो ।

समय समयमा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले यहि फाल्गुण महिनामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको कम्पनीले जनाएको छ। नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार १७:२९