ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर बाँडफाँट भएको छ । बैंकले ५ वर्षे अवधिका लागि जारी गरेको ऋणपत्र आज बाँडफाँट भएको हो ।

वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” को प्रति शेयर रु.१००० अङ्कित दरको ५० लाख कित्ता डिबेन्चरहरु मध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख (सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित) कित्ता डिबेन्चर सर्वसाधारणहरुको लागि मिति २०७९/१०/२९ देखि २०७९/११/०५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । निष्काशन तथा बिक्री प्रबन्धक स्नराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

ब्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि जम्मा २३ जना आवेदकहरुबाट ५२,१५,००० कित्ता डिबेन्चरको लागि रितपूर्वक आवेदन परेको थियो । माग भन्दा १.७४ गुणा बढी प्राप्त भएको हुँदा आवेदन अनुसार समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँट भएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार १७:१२